बिजपाटी सम्बाददाता     May 16, 2019 | 01:47:20 PM



dace

साताको पाँचौ दिन आज सुन चाँदीको कारोबारमा सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । बुधवारको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँले बृद्धि भएको हो । 

छापावाला सुन प्रति तोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोल ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५२ हजार ४० रुपैयाँ, तेजावी सुन ५१ हजार ७ सय ८५ रुपैयाँ र चाँदीमा ६ सय २१ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7