सुनको भाउमा नयाँ रेकर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 02:17:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सुनको भाउ एकाएक आकासिएको छ । सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला ६४ हजार निर्धारण गरेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔस ३६ अमेरिकी डलरले बढेपछि त्यसको प्रभाव नेपालमा पनि देखिएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार यो मूल्य अहिलेसम्मकै रेकर्ड हो । 

चीन र अमेरिकाको व्यापार युद्धले प्रभावित भएको सुन बजारमा इरान र अमेरिकाबीचको पछिल्लो तनावले झन भाउ बढेको व्यवसायीहरुको भनाई छ । 

यसअघि २०७० भदौ १२ गते सुनको भाउ तोलामै ऐतिहासिक ३ हजार ४ सय रुपैयाँले बढेर मूल्य ६३ हजार ३ सय पुगेको थियो । मूल्य घटबढ हुँदै २०७५ फागुन ८ गते पुनः ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो । अहिले भने नयाँ रेकर्ड नै कायम हुने गरि भाउ बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved