सुनको भाउ इतिहासकै महङ्गो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 09:08:54 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य निकै आकासिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार ६४ हजार रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य शुक्रबार पनि एक हजार रुपैयाँले बढेर ६५ हजार रुपैयाँमा कारोबार भएको छ । 

आज तेजाबी सुनको मूल्य पनि बढेको छ । बिहिबार ६३ हजार ७०० रुपैयाँमै कारोबार भएको तेजाबी सुनको मूल्य पनि आज एक हजार रुपैयाँले बढेर ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार प्रति १० ग्राम छापवाला सुनको मूल्य ५५  हजार ७३० रुपैयाँ र प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५५ हजार ४४५ रुपैयाँ कायम गरेको छ । 

आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर ७४० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६३४ रुपैयाँ ५० पैसा तोकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved