सुनको भाउ इतिहासकै महङ्गो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2019 | 10:35:36 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलाको ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएर नयाँ उचाई कायम गरेको सुनको भाउले आइतबार नयाँ कीर्तिमान बनाएको हो । सुन तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ६६ हजार ३ सय रुपैयाँ कायम भएर अहिलेसम्मकै महँगो पुगेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved