७० हजार पुगेर ‘ब्रेक’ लाग्यो सुन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2019 | 08:58:50 AM मा प्रकाशित

laxmi  sunrise bank

निरन्तर उकालो लागेको सुनको भाउ तोलाको ७० हजार पुगेर रोकिएको छ । हप्ताभरी बढेको सुनको भाउ साताको अन्तिम दिन शुक्रबार भने स्थिर छ । छापावाला सुन तोलाको ७० हजारमा कारोबार भईरहेको छ । यो बिहिबारकै मूल्य हो । तेजावी सुन पनि बिहिबारकै मूल्य अर्थात् प्रतितोला ६९ हजार ७ सयमा किनबेच भईरहेको छ । चाँदी पनि तोलाको ८२५ रुपैयाँमा स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार १५, १० ग्राम तेजावी सुनको मूल्य ५९ हजार ७८० र प्रत १० ग्राम चाँदीको मूल्य ७०७ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

छापावाला सुनको भाउ यो हप्ता ४ हजारले बढेको छ । महासंघले सुनको भाउ अझै बढ्न सक्ने जनाएको छ । बिहिबार र शुक्रबार कारोबार भएको सुनको भाउ इतिहासकै महङ्गो हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved