‘तीज’भरी बढेको सुनको भाउ ‘दशैँ’ नजिकिँदा किन घट्दैछ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 08, 2019 | 10:33:35 AM मा प्रकाशित

laxmi  sunrise bank

करिब ५ हप्ता निरन्तर उकालो लागेको सुनको भाउ एकाएक सस्तिन थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो ३५ दिनको अवधिमा सुनले ३ पटक नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो नयाँ रेकर्ड (हालसम्मकै उच्च भाउ) ७३ हजार ५ सय पुग्यो । तर गत बुधबारदेखि सुनको भाउ घट्न सुरु भएको छ । तोलाको ७३ हजार ५ सय पुगेको छापावाला सुन आज आइतबार प्रतितोला ७१ हजार ५ सयमा झरेको छ ।

अमेरिकी डलरको एक्सेन्ज रेट कम भएका कारण अहिले सुनको भाउ घटेको व्यवसायीहरु बताउँछन् । अन्तराष्ट्रिय बजारमा तत्काल सुनको भाउ घट्ने लक्षण भने नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियश शाक्यले बताए । यसअघि सुनको भाउ उच्च दरमा पुग्नुमा अमेरिका र चीनबीचको व्यापार युद्ध, अमेरिका र इरानबीचको आणविक तनाब, कोरिया र अमेरिकाबीचको विवाद मुख्य कारण थिए । अहिले यी विवाद मिलिसकेको अवस्था छैन । यसअघि सुनको भाउ जे कारणले बढेको हो, ती कुनै कारण सल्टिएका छैननशाक्यले भने, ‘त्यसैले नेपालमा मात्रै केही कम हो, अन्तराष्ट्रिय बजारमा घट्ने संकेत छैन ।

अहिले केही साना लगानीकर्ताले आफूले सञ्चित गरेको सुन बजारमा ल्याउन थालेको हुनसक्ने व्यवसायीले अनुमान गरेका छन् । ठूला लगानीकर्ता धैर्य गर्न सक्ने भएपनि साना लगानीकर्ता भने धैर्य गर्न नसक्ने हुन्छन् । त्यसकारण करिब ३ महिनादेखि उकालो लागेको सुनको भाउ केही मात्रै कम भएको व्यवसायीको बुझाई छ ।

नेपालका व्यवसायीले प्रतिदिन २० किलोग्राम सुन पाउँछन् । यसको हिसाबमा वार्षिक करिब ७ हजार किलो सुनको कारोबार नेपालमा हुन्छ ।

गतवर्षहरुमा साउन १५ देखि तीजसम्म सबैभन्दा धेरै सुन किनबेचन हुन्थ्यो । तर यसवर्ष यो अवधिमा सुनको व्यापार शुन्य प्राय रह्यो । नेपाली बजारमा व्यापारको सिजनमा दैनिक ६० किलोग्राम सुन खपत हुँदै आएको थियो । महिलाहरुको चाड तीज, दशै तिहार, मंसिरदेखि फाल्गुन र बैशादेखि असारसम्मको अवधिलाई सुनको व्यापार हुने मुख्य सिजनका रुपमा लिइन्छ । तर यसवर्षको तीजका अवधिमा करिब १५ किलोग्राम मात्रै खपत भएको महासंघको अनुमान छ । अन्य समयमा अफ सिजनमा समेत दैनिक ३० किलोग्रामको माग हुने भएपनि यसवर्ष भने सिजनमा पनि माग निकै कम भएको हो ।

सुन चाँदीको भाउ नेपालीहरुको क्रयशक्ति भन्दा धेरै बाहिर गएकाले चाहाना हुनेले पनि किन्न नसकेको नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुमान छ । सामान्यतया नेपालमा सुन खरिद गर्ने ग्राहकले भाउ केही समय स्थिर भएपछि मात्रै खरिद गर्छन् । तर सिजनको बेलामा दैनिकजसो मूल्य उच्च हुँदै गएपछि खरिदकर्ता अताल्लिएको उनीहरुको बुझाई छ । अहिले दशैँका लागि नै भनेर सुन किनबेच सुरु भइनसकेकोले अहिले माग कम भएको समयमा मूल्य घट्दा व्यापार सन्तोषजनक नरहेको महासंघले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved