सुनको भाउ स्थिर, चाँदीको बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2019 | 09:15:47 AM मा प्रकाशित

laxmi  sunrise bank

आज असोज १ गते सुनको भाउ स्थिर हुँदा चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार छापावाला सुनको भाउ मंगलबारकै मूल्य प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । आज तेजावी सुनको भाउ पनि स्थिर छ । तेजावी सुन आज प्रतितोला ७१ हजारमा किनबेच भईरहेको छ ।

महासंघले चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको जनाएको छ । चाँदीको भाउ बुधबार प्रतितोला ८७० रुपैयाँ कायम भएको छ । 

महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६१ हजार १३०, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ८७५ र प्रति १० ग्राम चाँदीको मूल्य ७४५ रुपैयाँ ९० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved