सुनको भाउ स्थिर, चाँदीको बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2019 | 08:49:04 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ बढेको छ । आज छापावाला सुन प्रतितोला ७१ जार ३ सय र तेजावी सुन प्रतितोला ७१ हजारमा कारोबार भईरहेको छ । 

चाँदी आज तोलामा १० रुपैया महङ्गो भएको छ । आइतबार तोलाको ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८७५ रुपैयाँ प्रतितोला पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार १३०, प्रति १० ग्राम तेजावी सुनको भाउ ६० हजार ८७५ र प्रति १० ग्राम चाँदीको मूल्य ७५० रुपैयाँ २० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved