आज पनि सस्तियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2019 | 09:38:52 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको भाउ फेरि घटेको छ । बिहिबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सयले घटेर ७० हजार ८ सय रुपैयाँमा झरेको छ । तेजावी सुन पनि आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ७० हजार ५ सय रुपैयाँमा आईपुगेको छ । 

चाँदी आज तोलामा ५ रुपैयाँले सस्तो हुँदै तोलाको ८६० रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ७००, प्रति १० ग्राम तेजावी सुनको भाउ ६० हजार ४४५ र प्रति १० ग्राम चाँदीको मूल्य ७३७ रुपैयाँ ३० पैसा कायम गरेको छ । दुई दिनदेखी सुनको भाउ लगातार घटिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved