ओरालो लाग्दै सुनचाँदीको भाउ, कति छ आजको मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2019 | 10:58:50 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ । गत साताको अन्तिम दिन शुक्रबार ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ रुपैयाँले सस्तो हुँदै ७० हजार २ सयमा झरेको छ । तेजावी सुन पनि आज तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा आईपुगेको छ । 

चाँदी आज तोलामा १५ रुपैयाँले सस्तो हुँदै तोलाको ८४५ रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार १८५, प्रति १० ग्राम तेजावी सुनको भाउ ५९ हजार ९३० र प्रति १० ग्राम चाँदीको मूल्य ७२४ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

गत हप्तादेखी नै सुनचाँदीको भाउ आरालो लाग्ने क्रम सुरु भएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved