ट्रम्पमाथिको महाअभियोग तयारीले सुनको भाउ ओरालो, अझै कति घट्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 01:50:56 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँमा मुखमा सुन चाँदीको भाउ ओरालो लाग्ने क्रममा छ। गत हप्तादेखी सुनको भाउ निरन्तर ओरालो लागिरहेको छ । आज सोमबार छापावाला सुन प्रतितोला ७० हजार र तेजावी सुन प्रतितेला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विगत वर्षमा दशैँ तिहारको समयमा सुनको माग अत्याधिक हुने गर्थ्यो । गत वर्षहरुमा यो समयमा दैनिक ६० किलोग्रामको हाराहारीमा सुनको माग हुने गरेकोमा यसवर्ष दैनिक १५ किलोग्रामको माग छ । गत हप्ताको सोमबारसम्म बजारमा माग निकै कम भएपनि अहिले बढेको व्यवसायीले बताएका छन।

आजको मूल्य ७० हजार प्रतितोला पनि नेपालीहरुको क्रयशक्तिभन्दा बाहिरको मूल्य भएको महासंघका उपाध्यक्ष दियश श्रेष्ठको भनाई छ । नेपालीहरुले सामान्यतय सुन खरिद गर्न सक्ने भनेको ६० देखी ६५ हजार प्रतितोलासम्म मात्रै रहेको उनको भनाई छ । 

किन ओरालो लाग्यो सुन ?

केही दिनदेखी नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम सुरु भएको छ । अन्तराष्ट्रिय बजारका साना लगानीकर्ता बजारमा फर्किएको र चीन र अमेरिकाको व्यापार युद्ध केही मथ्थर भएका कारण सुनको भाउमा केही गिरावट आएको महासंघको भनाई छ । इरान र साउदी लगायतका देशहरुको अन्य देशसँगको विवादले सामान्य प्रभाव परेपनि सुनको बजार विस्तार पूर्ववत् अवस्थामा फर्किन लागेको महासंघका उपाध्यक्ष शाक्यको बुझाई छ । यद्यपी अमेरिका र चीनको व्यापार मामिलाका अविश्वासहरु कायमै छन् । 

अन्तराष्ट्रिय बजारमा मुख्य गरि सुनको भाउ कमजोर हुनुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोगको तयारी गर्नुलाई लिईएको छ । यदि ट्रम्प विरुद्ध महाअभियोग लाग्यो र अमेरिकी सिनेटले एक्सन लियो भने अन्तराष्ट्रिय बजार तात्ने अनुमान गरिएको छ । केही समय होल्ड गरेर बसेका साना लगानीकर्ताहरु लामो समय कुर्न नसकी बजारमा फर्किएको कारण सुन केही सस्तो भएको महासंघको अनुमान छ । 

महासंघले अमेरिका र चीनबीचको व्यापारमा देखिएका असझदारी मिलेमा सुन नेपाली बजारमा ६० देखी ६५ हजार प्रतितोलामा झर्ने अनुमान गरेको छ । ट्रम्पले आफू विरुद्ध महाअभियोग लाग्न नदिन चीनसँग समझदारी गर्नुपर्ने अन्तराष्ट्रिय राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved