ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2019 | 11:39:49 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बिहिबार एकै दिन सुनको मूल्य तोलामा ११ सयले बढेको हो । 

बुधबार तोलाको ६९ हजार ८  सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ११ सय रुपैयाँले बढेर ७० हजार ९ सय रुपैयाँ पुगेको छ । आज तेजावी सुन पनि तोलामा ११ सय रुपैयाँले बढेर प्रतितोला ७० हजार ६ सय रुपैयाँ पुगेको छ । 

चाँदी आज तोलामा १५ रुपैयाँले महङ्गो हुँदै तोलाको ८५० रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ७ सय ८५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ६० हजार ५ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७ सय २९ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved