हप्ता दिनपछि कारोबार हुँदा घट्यो सुनचाँदीको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2019 | 09:04:21 AM मा प्रकाशित

laxmi  sunrise bank

हप्ता दिनपछि कारोबार सुरु हुँदा पनि सुनको भाउ घटेको छ । असोज १७ गतेदेखी आज असोज २४ गते शुक्रबार मात्रै सुनको भाउ सार्वजनिक भएको हो । १७ गते शुक्रबार तोलाको ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक हप्तापछि ५ सयले घटेर ७० हजार ४ सय रुपैयाँ प्रतितोलामा झरेको छ । 

गत हप्ताको अन्तिम दिन शुक्रबार ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन एक हप्तापछि आज ५ सय रुपैयाँले सस्तो हुँदै ७० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

आज चाँदी तोलामा ५ रुपैयाँले घटेर ८४५ रुपैयाँमा किनबेच भईरहेको छ । गत १७ गते चाँदी ८५० रुपैयाँ तोलामा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ३५५, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार १ सय र प्रति १० ग्राम चाँदीको मूल्य ७२४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved