आज पनि घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2019 | 08:38:47 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार पनि सुनको भाउ घटेको छ । हिजो आइतबार ७० हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ७० हजारमा झरेको छ । 

तेजावी सुन पनि आज तोलामा १ सय रुपैयाँले घटेर ६९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदीको भाउ भने आज पनि स्थिर छ । चाँदी प्रतितोला ८४५ रुपैयाँमा किनबेच भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार १५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ५९ हजार ७६० र प्रति १० ग्राम चाँदीको मूल्य ७२४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved