घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2019 | 11:17:06 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार सुनको भाउ घटेको छ । आइतबार ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घटेर ७१ हजारमा झरेको छ ।

आज तेजावी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँले गिरावट आएको छ । तेजावी सुन आज तोलाको ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी तोलाको ८७० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ८७०, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ६१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७४६ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved