आज पनि घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2019 | 11:05:01 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार ७१ हजारमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घटेर ७० हजार ८ सयमा झरेको छ । 

आज तेजावी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँले गिरावट आएको छ । तेजावी सुन आज तोलाको ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर ८६५ मा आइपुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ७ सय, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ४४५ र प्रति १० ग्राम चाँदीको मूल्य ७४१ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved