सुनको भाउ उकालो लाग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2019 | 11:15:46 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनचाँदीको भाउ बढेको छ । बुधबार ७० हजार २ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रुपैयाँले बढेर ७० हजार ६ पुगेको छ । 

आज तेजावी सुनको भाउ पनि तोलामा ४ सय रुपैयाँले बढेर ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी तोलामा एकैपटक ५ रुपैयाँले बढेर प्रतितोला ८५० रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ५३०, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार २७५ र प्रति १० ग्राम चाँदीको मूल्य ७२९ पैसा कायम गरेको छ । 

केही दिन निरन्तर ओरालो लागेको सुनचाँदीको भाउ आजबाट फेरि बढ्न थालेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved