सुन चाँदीको भाउमा अप्रत्याशित गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2019 | 02:09:27 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार ७० हजार ६ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा एकैपटक ७ सय रुपैयाँले घटेर ६९ हजार ९ सयमा झरेको छ । 

आज तेजावी सुनको भाउ पनि तोलामा ७ सय रुपैयाँले घटेर ६९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी तोलामा एकैपटक १५ रुपैयाँले घटेर प्रतितोला ८३५ रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५९ हजार ९३०, प्रति १० ग्राम तेजावी सुनको मूल्य ५९ हजार ६७५ र प्रति १० ग्राम चाँदीको मूल्य ७१६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved