एकाएक आकाशियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2019 | 11:14:17 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । शुक्रबार एकैपटक ७ सय रुपैयाले ओरालो लागेर ६९ हजार ९ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा एकैपटक ११ सय रुपैयाँले बढेर ७१ हजार पुगेको छ । 

आज तेजावी सुनको भाउ पनि तोलामा ११ सय रुपैयाँले बढेर ७० हजार ७ सय रुपैयाँमा पुगेको छ । चाँदी भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८४० रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ८७०, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ६१५ र प्रति १० ग्राम चाँदीको मूल्य ७२० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved