महङ्गियो सुन, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2019 | 11:10:32 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज शुक्रबार सुन चाँदीको भाउ बढेको छ । बिहिबार तोलाको ७१ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक ३ सय रुपैयाँले बढेर ७१ हजार ३ सय पुगेको हो । 

तेजावी सुनको भाउ पनि आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ७१ हजार पुगेको छ । चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले बढेर ८५५ रुपैयाँ कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार १३०, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ८७५ र प्रति १० ग्राम चाँदीको मूल्य ७३३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved