घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 12:10:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सुनचाँदीको मुल्य घटेको छ। अघिल्लो दिनको तुलनामा बिहिबार सुनचाँदीको मुल्य घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघकाअनुसार आज बिहिबार छापावाला सुन अघिल्लो दिनको तुलनामा तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।   

अघिल्लो दिन बुधबार छापावाला सुन तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला ७२ हजार २०० र तेजाबी सुन प्रतितोला ७१ हजार ९०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

त्यस्तै बिहीबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ८५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ८६५ रुपैयाँमा खरीद बिक्री भएको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved