सुनको भाउमा गिरावट, यस्तो छ कारोबार मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2019 | 11:58:25 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ३ सयले घटेर तोलाको ७१ हजार ७ सयमा झरेको छ ।

बिहिबार तोलाको ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन पनि ३ सयले घटेर प्रतितोला ७१ हजार ४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी भने ८५० रुपैयाँमा स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार प्रति १० ग्राम छापावाला सुनको भाउ ६१ हजार ४७०, प्रति १० ग्राम तेजाबी सुनको भाउ ६१ हजार २१५ र प्रति १० ग्राम चाँदीको भाउ ७२९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved