बिजपाटी सम्बाददाता     Dec 08, 2019 | 11:28:04 AM


tansen

साताको पहिलो दिन आज सुन चाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला ७१ हजार ७ सयमा रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सयले घटेर तोलाको ७१ हजार २ सयमा झरेको छ ।

शुक्रबार तोलाको ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन पनि आज तोलामा ५ सयले घटेर प्रतितोला ७० हजार ९ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर ८४० रुपैयाँमा आईपुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार प्रति १० ग्राम छापावाला सुनको भाउ ६१ हजार ५४ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको भाउ ६० हजार ७९० र प्रति १० ग्राम चाँदीको भाउ ७२० रुपैयाँ कायम गरेको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7