उकालो लाग्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2019 | 11:19:39 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुन चाँदीको भाउ बढेको छ । बुधबार तोलाको ७० हजार ८ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ रुपैयाँले महङ्गो हुँदै ७१ हजार २ पुगेको छ । तेजावी सुन पनि तोलामा ४ सयले बढेर प्रतितोला ७० हजार ९ सय पुगेको छ । चाँदी पनि तोलामा एकैपटक १० रुपैयाँले बढेर प्रतितोला ८४० रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६१ हजार ४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ६० हजार ७९० र प्रति १० ग्राम चाँदीको भाउ ७२० रुपैयाँ कायम गरेको छ । यसअघि केही दिन निरन्तर ओरालो लागेको सुन चाँदीको भाउ फेरि बढ्न सुरु भएको हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved