बिजपाटी सम्बाददाता     Dec 27, 2019 | 12:12:33 PM


tansen

साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउ बढेको छ । आज छापावाला सुन तोलामा एकैपटक ५ सय रुपैयाँले बढेर प्रतितोला ७३ हजार ३ सय रुपैयाँ पुगेको छ । तेजावी सुन प्रतितोला ५ सयले नै महङ्गो हुँदै ७३ हजार रुपैयाँ पुगेको छ । 

आज चाँदी भने स्थिर रहँदै प्रतितोला ८९० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६२ हजार ८४५, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६२ हजार ५९० र प्रति १० ग्राम तेजावी सुनको मूल्य ७६३ रुपैयाँ कायम गरेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका