अमेरिका र इरानको तनावले सुनको भाउ इतिहासकै मँहगो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2020 | 11:07:36 AM मा प्रकाशित

laxmi  sunrise bank

सुनको भाउले इतिहासकै मँहगो भएको छ । साताको पहिलो दिन आज आइतबार सुनको भाउ एकैपटक १ हजारले मँहगो हुँदै नेपालको इतिहासमै सबैभन्दा धेरै भाउमा पुगेको हो । 

आइतबार छापावाला सुनको भाउ तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको छ । शुक्रबार तोलाको ७४ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आज एकैपटक १ हजारले मँहगो भएको हो । आज तेजावी सुनपनि तोलामा १ हजारले बढेर ७५ हजार २ सय पुगेको छ । चाँदी भने ९ सय रुपैयाँ प्रतितोलामा स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ७३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ४७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७७१ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

अमेरिका र इरानबीचको पछिल्लो तनावले सुन चाँदीको भाउ आकाशिएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved