अमेरिका र इरान तनावको असर सुनमा, नेपाललाई लाभ कसरी ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 05, 2020 | 11:51:36 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिका र इरानबीचको तनावका कारण नेपाली बजारमा सुन र तेलको मूल्य आकाशिएको छ । अमेरिकाले इरानका सैनिक कमाण्डर जनरल कासिम सुलेमानीको हत्या गरेपछि दुइई देशबीच तनाव चुलिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले अन्तराष्ट्रिय स्तरमा प्रभाव पार्ने देशबीचको तनाव बढेका कारण सुनमा लगानी गर्ने लगानीकर्ता बढेपछि भाउ महँगो भएको हो । 

महासंघका उपाध्यक्ष दियशरत्न शाक्य भने सुनको भाउ कतिसम्म पुग्छ भन्ने कुरा इरानले अमेरिकालाई दिने जवाफमा भर पर्ने बताउँछन् । ‘ठ्याक्कै भन्न गाह्रो छ, आजको मूल्य नै अन्तिम होईन अझै बढ्छ’ शाक्यले भने । आज छापावाला सुनको भाउ ७५ हजार ५ सय पुगेको छ । तेजावी सुन तोलाको ७५ हजार २ सय पुगेको छ । दुवै देशले एकअर्कालाई धम्की दिईरहेका कारण हाल कायम भएको मूल्य नै अन्तिम भने नरहेको उनको भनाई छ । महासंघले सुनको भाउ ८० हजार रुपैयाँ प्रतितोलासम्म पुग्न सक्ने अनुमान गरेको छ ।

कसरी फाइदा लिने ?

सुनको भाउ बढ्दा फाइदा लिने भनेको बेच्नु नै हो । सुनको भाउ बढ्दा किन्ने भन्दा बेच्ने ग्राहक धेरै हुने गरेका छन् । तर सुन व्यापारीले किन्न नमान्ने भएका कारण नेपाली बजारमा भाउ अनुसार नै सुन विक्रि गर्न समस्या छ । 

बजारमा कायम रहेको मूल्यभन्दा २ हजार सस्तोमा बेच्दा मात्रै व्यवसायीले किन्ने अवस्था आउने र बजार अनुसारकै भाउ खोजे बिक्रि गर्न मुस्किल हुने महासंघका उपाध्यक्ष शाक्यको भनाई छ । तर बजार भाउभन्दा २ हजार सस्तोमा बेच्दा पनि नाफा नै हुने व्यवसायीको दाबी छ । शाक्यले अहिले निरन्तर उकालो लागिरहेको सुनको भाउ स्थिर भएर एक पटक ओरालो लागेपछि बेच्न ग्राहकलाई सुझाव समेत दिएका छन् । घट्ने क्रम सुरु भएपछि बेच्दा ग्राहकले भाउ पनि पाउने उनको अनुभव छ । 

सुनको मूल्यसँगै तेल उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको समेत मूल्य बढ्दा लागत बढेर तेलको मूल्य पनि बढेको छ । तर अमेरिकी डलर भने अन्य दिनको तुलनामा कमजोर स्थितीमा पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved