सुनको भाउले आज पनि बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2020 | 11:44:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सुनको भाउ दैनिक रेकर्ड बनाउँदै बढिरहेको छ । साताको दोस्रो दिन आज सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर नेपालको इतिहासमै सबैभन्दा मँहगो भएको छ ।

आइतबार तोलाको ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलाको ७६ हजार पुगेको छ । आज तेजावी सुनपनि तोलामा ५ सयले बढेर ७५ हजार ७ सय पुगेको छ । चाँदी एकैपटक २० रुपैयाँले बढेर तोलाको ९२० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६५ हजार १६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ९०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७८९ रुपैयाँ कायम गरेको छ । 

अमेरिका र इरानबीचको पछिल्लो तनावले सुनको भाउ आकाशिने क्रम जारी छ । 

यो पनिः

अमेरिका र इरान तनावको असर सुनमा, नेपाललाई लाभ कसरी ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved