सस्तियो सुन, कति छ कारोबार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2020 | 11:04:46 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज मंगलबार सुन चाँदीको भाउ घटेको छ । निरन्तर उकालो लागेर हालसम्मकै उच्च भाउमा पुगेको सुन आज तोलामा ५ सय रुपैयाँले घटेको छ । 

सोमबार तोलाको ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सयले घटेर ७५ हजार ५ सयमा झरेको छ । आज तेजावी सुनपनि तोलामा ५ सयले घटेर ७५ हजार २ सय आइपुगेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर ९ सय रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ७३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ४७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७७१ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved