घट्यो सुनचाँदीको मुल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2020 | 12:20:28 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार नयाँ रेकर्ड बनाएको सुनचाँदीको मुल्य आज बिहिबार घटेको छ। बिहिबारको कारोबारमा सुन प्रतितोला हजार र चाँदी प्रतितोला २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।   

आज छापावाला सुन प्रतितोला ७५ हजार पाँच सय र तेजावी सुन प्रतितोला ७५ हजार दुई सय रुपैयाँ तोकिएको छ। बुधबार छापावाल सुन प्रतितोला ७६ हजार पाँच सय र तेजाबी सुन प्रतितोला ७६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।    

बिहिबार चाँदीको भाउ पनि घटेको छ । बुधबार प्रतितोला ९२० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २० रुपैयाँ घटेर ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

इरान र अमेरिकाको विवाद युद्दमा रुपान्तरण हुने सम्भावनाले सुन र तेलको मुल्य बढेपनि दुवै देशको पछिल्लो प्रतिकृयाले युद्द नहुने संकेत गरेपछि सुनको मुल्यमा गिरावट आएको हो।  

इरानले अमेरिकी सेनालाई निशाना बनाएपछि तेल र शेयर बजारमा गिरावट

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved