सुन चाँदीको भाउमा भारी गिरावट, कति छ कारोबार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2020 | 11:22:35 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज शुक्रबार सुन चाँदीको भाउ घटेको छ । बिहिबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ७४ हजार ६ सय रुपैयाँमा आइपुगेको छ । आज तेजावी सुन पनि तोलामा ९ सय रुपैयाँले सस्तो हुँदै प्रतितोला ७४ हजार ३ सय रुपैयाँमा झरेको छ । शुक्रबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर ८८५ रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६३ हजार ९६०, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६३ हजार ७०५ र प्रति १० ग्राम चाँदीको मूल्य ७५९ रुपैयाँ तोकेको छ । 

अमेरिका र इरानबीचको बढ्दो तनावका कारण अप्रत्याशित रुपमा उकालो लागेको सुन चाँदीको भाउ बिहिबारबाट घट्न सुरु भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved