फेरि उकालो लाग्यो सुन चाँदीको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2020 | 12:17:27 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाउ बढेको छ । शुक्रबार ७४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रुपैयाँले बढेर ७५ हजार रुपैयाँ पुगेको छ । शुक्रबार प्रतितोला ७४ हजार ३ सय रुपैयाँमा किनबेच भएको तेजावी सुन पनि आज तोलामा ४ सय रुपैयाँले नै बढेर ७४ हजार ७ सय रुपैयाँ पुगेको छ । 

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर ८९० रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ३ सय, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७६३ रुपैयाँ तोकेको छ । 

अमेरिका र इरानबीचको बढ्दो तनावका कारण अप्रत्याशित रुपमा उकालो लागेको सुन चाँदीको भाउ बिहिबारबाट घट्न सुरु भएको थियो । तर बिहिबार र शुक्रबार लगातार घटेको सुनको भाउ आज फेरि बढेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved