बिजपाटी सम्बाददाता     Jan 13, 2020 | 11:11:16 AM


tansen

साताको दोस्रो दिन आज सोमबार सुनको भाउमा सामान्य गिरावट आएको छ । आइतबार ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घटेर ७४ हजार ८ सयमा झरेको छ । आइतबार प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा किनबेच भएको तेजावी सुन पनि आज तोलामा २ सय रुपैयाँले नै घटेर ७४ हजार ४ सय रुपैयाँमा आईपुगेको छ । 

आज चाँदीको भने प्रतितोला ८९० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार १३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६३ हजार ८७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७६३ रुपैयाँ तोकेको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका