सुनको भाउमा भारी गिरावट, कति छ आजको मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2020 | 11:03:13 AM मा प्रकाशित

laxmi  sunrise bank

महिनाको अन्तिम तथा साताको तेस्रो दिन आज मंगलबार सुन चाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला ७४ हजार ८ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा एकैपटक ८ सय रुपैयाँले घटेर ७४ हजारमा झरेको छ । सोमबार प्रतितोला ७४ हजार ५ सयमा किनबेच भएको तेजावी सुन पनि आज तोलामा ८ सय रुपैयाँले नै घटेर ७३ हजार ७ सय रुपैयाँमा आईपुगेको छ ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला ८८० रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६३ हजार ४४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६३ हजार १९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७५४ रुपैयाँ ५० पैसा तोकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved