सुनको भाउ बढ्यो, कति छ कारोबार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2020 | 11:09:14 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज शुक्रबार सुन चाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन १ सय रुपैयाँले बढेर ७४ हजार ८ सय पुगेको छ । 

बुधबार प्रतितोला ७४ हजार ४ सयमा किनबेच भएको तेजावी सुन आज १ सय रुपैयाँले महँगो हुँदै ७४ हजार ५ सय पुगेको छ  । चाँदीको भाऊ तोलामा ५ रुपैयाँले बढेर ८९० रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार १३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६३ हजार ८७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७६३ रुपैयाँ तोकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved