बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2020 | 12:20:21 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन २ सय रुपैयाँले बढेर ७५ हजार रुपैयाँ पुगेको छ । शुक्रबार प्रतितोला ७४ हजार ५ सयमा किनबेच भएको तेजावी सुन पनि आज २ सय रुपैयाँले महँगो हुँदै ७४ हजार ७ सय पुगेको छ । चाँदीको भाउ भने तोलाको ८९० रुपैयाँमा स्थिर छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ३ सय रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६३ हजार ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७६३ रुपैयाँ तोकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved