बिजपाटी सम्बाददाता     Jan 24, 2020 | 12:39:43 PM


tansen

साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । बिहीबार तोलाको ७५ हजारमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले बढेर ७५ हजार २ सय रुपैयाँ पुगेको छ । आज तेजावी सुन पनि तोलामा २ सयले बढेर ७४ हजार ९ सय रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला ८८५ रुपैयाँमा स्थिर छ ।

महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६४ हजार ४७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार २१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७५९ रुपैयाँ कायम गरेको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका