सुनको भाउमा भारी वृद्धि, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2020 | 12:36:08 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ७६ हजारमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ७६ हजार ५ सय पुगेको । शुक्रबार ७५ हजार ७ सयमा कारोबार भएको तेजावी सुन पनि आज आइतबार तोलामा ५ सय रुपैयाँले नै बेढर तोलाको ७६ हजार २ सय रुपैयाँ पुगेको छ ।

चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८९५ रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६५ हजार ५८५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६५ हजार ३३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७६७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved