सुनको भाउमा सामान्य गिरावट, कति छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2020 | 12:32:15 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज मंगलबार सुनको भाउमा सामान्य गिरावट आएको छ । सोमबार तोलाको ७६ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ७५ हजार ९ सयमा झरेको छ । आज तेजावी सुन पनि तोलामा १ सय रुपैयाँले नै घटेर ७५ हजार ६ सय रुपैयाँमा आइपुगेको छ । 

चाँदी भने आज पनि तोलाको ८८० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६५ हजार ७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ८२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७५४ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved