सुन इतिहासकै मँहगो, कति छ भाउ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2020 | 12:49:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सुन इतिहासकै महँगो भएको छ । यसअघि हालसम्मै उच्च मूल्य अर्थात् प्रतितोला ७६ हजार ६ सय रुपैयाँसम्म पुगेको सुनको भाउले आज फेरि नयाँ रेकर्ड कायम गरेको हो । 

साताको तेस्रो दिन आज मंगलबार छापावाला सुनको भाउ तोलामा  सय रुपैयाँले बढेर तोलाको ७६ हजार ७ सय रुपैयाँ कायम भएको छ । आज तेजावी सुन पनि तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ७६ हजार ४ सय रुपैयाँ पुगेको छ । 

आज चाँदीको भाउ ८९० रुपैयाँ प्रतितोलामा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६५ हजार ७६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६५ हजार ५०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७६३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved