सुनको भाउमा दैनिक नयाँ रेकर्ड, तोलाको १ लाख पुग्ने सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2020 | 11:16:57 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ इतिहासकै महँगो भएको छ । मंगलबार पनि नयाँ रेकर्ड बनाएको सुनको भाउले अजा फेरि रेकर्ड तोडेको हो । 

मंगलबार ७६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ७७ हजार १ सय रुपैयाँ कायम भएको छ । आज तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ७६ हजार ८ सय रुपैयाँ पुगेको छ । सुनको आजको मूल्य नेपाली बजारमा हालसम्मकै बढी हो ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर ९०५ रुपैयाँ प्रतितोला पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६६ हजार १ सय रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६५ हजार ८४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७७६ रुपैयाँ कायम गरेको छ ।

महासंघका उपाध्यक्ष दियशरत्न शाक्यका अनुसार चीनबाट फैलिएको कोरोना भाइरसको कारण विश्व अर्थतन्त्रमा प्रभाव परिरहेको र त्यसको असर सुनमा पनि देखिएको हो । ‘कोरोनाको कारण नै हाल सुनको भाउ बढिरहेको हो, यो प्रकोप कहिलेसम्म रहन्छ त्यहीलेसम्म बढिरहन्छ भन्ने अनुमान गरिएको छ’ उनले भने, ‘निरन्तर उकालो लाग्ने सम्भावना भएका कारण कति पुग्छ भन्न सकिन्न ।’ नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख पुग्ने सम्भवनाबारे भने उनले त्यति उचाईमा पुग्छ भनेर भन्न नसकिने तर पुग्दैन पनि भन्न सकिने अवस्था नरहेको बताए ।

सुनको भाउले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved