सुन इतिहासकै महँगो, कति छ कारोबार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2020 | 11:00:24 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । यसअघि मंगलबार र बुधबार नयाँ उचाईमा पुगेको सुनको भाउले आज फेरि रेकर्ड तोडेको हो । 

बुधबार ७७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर तोलाको ७७ हजार ६ सय रुपैयाँ पुगेको छ । आज तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ७७ हजार ३ सय रुपैयाँ पुगेको छ । सुनको आजको मूल्य नेपाली बजारमा हालसम्मकै बढी हो ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर ९१५ रुपैयाँ प्रतितोला पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६६ हजार ५३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६६ हजार २७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७८४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

महासंघका अनुसार चीनबाट फैलिएको कोरोना भाइरसको कारण विश्व अर्थतन्त्रमा प्रभाव परिरहेको र त्यसको असर सुनमा पनि देखिएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved