सुनको भाउ ८० हजार नजिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2020 | 11:06:16 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाउ बढेको छ । शुक्रबार नयाँ उचाईँमा पुगेको सुनको भाउ उक्त रेकर्ड तोड्दै आज फेरि नयाँ उचाईमा पुगेको हो । गत मंगलबारदेखि नै हरेक दिन नयाँ उचाई कायम गर्दै आएको सुनको भाउले आज फेरि रेकर्ड तोडेको हो । 

शुक्रबार ७८ हजार १ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक ७ सय रुपैयाँले बढेर तोलाको ७८ हजार ८ सय पुगेको छ । आज तेजावी सुन पनि तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला ७८ हजार ५ सय रुपैयाँ पुगेको छ । 

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर ९२० रुपैयाँ प्रतितोला पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६७ हजार ५६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६७ हजार ३०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७८९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved