बिजपाटी सम्बाददाता     Feb 28, 2020 | 11:04:28 AM


tansen

साताको अन्तिम दिन आज शुक्रबार सुन चाँदीको भाउ घटेको छ । बिहिबार तोलाको ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँले घटेर ७९ हजार २ सयमा झरेको छ । तेजावी सुन पनि आज तोलामा ५ सयले नै घटेर तोलाको ७८ हजार ९ सयमा आईपुगेको छ । 

चाँदीको भाउ आज तोलामा एकैपटक २० रुपैयाँले घटेर ८८० रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६७ हजार ९ सय रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६७ हजार ६४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७५४ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका