बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2020 | 12:11:55 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ३ सय रुपैयाँले बढेर ७८ हजार ३ सय रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा ३ सयले नै बढेर ७८ हजार रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ आज तोलाको ८६० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६७ हजार १३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६६ हजार ८७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७३७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved