सुन इतिहासकै महँगो, कति छ बजार भाउ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2020 | 11:19:11 AM मा प्रकाशित

laxmi  sunrise bank


आज बुधबार सुन चाँदीको भाउमा भारी वृद्धि भएको छ । मंगलबार तोलाको ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक २ हजार २ सय रुपैयाँले बढेर ८० हजार ५ सय रुपैयाँ पुगेको छ ।

तेजावी सुन पनि आज तोलामा २२ सयले नै बढेर ८० हजार २ सय रुपैयाँ पुगेको छ । चाँदीको भाउ आज तोलाको २० रुपैयाँले बढेर ८८० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६९ हजार १५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६८ हजार ७६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७५४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

सुन यसअघि उच्च मूल्य अर्थात् तोलाको ८० हजार ३ सयसम्म पुगेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved