सुनको भाउले बनायो नयाँ रेकर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 11:18:13 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । बुधबार तोलाको ८० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ८० हजार ७ सय रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा २ सयले नै बढेर ८० हजार ४ सय रुपैयाँ पुगेको छ । चाँदी भने तोलाको ८८० रुपैयाँमा स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६९ हजार १९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६८ हजार ९३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७५४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

मंगलबारको तुलनामा बुधबार सुन तोलामा एकैपटक २२ सय रुपैयाँले बढेर ८० हजार ५ सयको उचाईमा पुगेको थियो । आजको भाउले बुधबारको रेकर्ड तोडेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved