सुनको भाउ १८ सयले बढ्यो, तोड्यो सबै रेकर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2020 | 03:00:54 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । बिहिबार तोलाको ८० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा आज एकैपटक १८ सय रुपैयाँले बढेर ८२ हजार ५ सय रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा १८ सयले नै बढेर ८२ हजार २ सय रुपैयाँ पुगेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर ८९० रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७० हजार ७३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७० हजार ४७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७६३ रुपैयाँ कायम गरेको छ ।

नेपाली बजारमा आज कायम भएको सुनको भाउ हालसम्म्कै उच्च हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved