एकैपटक २ हजारले घट्यो सुनको मुल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 11:38:31 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलवार सुनको भाउ २ हजारले घटेको छ । सोमबार तोलाको ७७ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज ७५ हजार ५ सयमा ओर्लिएको छ । 

तेजावी सुन पनि आज तोलामा  २ हजार रुपैयाँले घटेर ७५ हजार २ सय रुपैयाँमा आइपुगेको छ । चाँदी तोलामा  ८० रुपैयाँमा घटेर ७ सय १० रुपैँया छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६४ हजार ७ सय ३०  रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ४ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ९ रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved