सुनको भाउ तोलामा ५ सयले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 12:08:36 PM मा प्रकाशित

laxmi  sunrise bank

साताका अन्तिम दिन आज शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ । विहिबार तोलाको ७५ हजारमा कारोबार भएको सुन शुक्रबार ७५ हजार ५ सय पुगेको छ । तेजावी सुन पनि आज तोलामा ५ सयले नै बढेर ७५ हजार २ सय रुपैयाँ पुगेको हो । 

चाँदी भने तोलामा २० रुपैयाँले बढेर ७ सय रुपैयाँ कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६४ हजार ७३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ४७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ६ सय रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved